Saturday, November 20, 2010

व्ाास्तविकतामा आधारित काल्पनिक कथा

एकपटक एसियन मुलुकका ठूला र साना राष्ट्रहरुको सम्मेलन वैंककमा भएछ । गरिवी निवारण र मुलुकलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने त्यस कार्यक्रमको विषय रहेको थियो । विभिन्न देशको उदाहरण उक्त सम्मेलनमा पेश भयो । विभिन्न राष्ट्रहरुले आ-आफ्ना तर्क पेश गरे तर्क सुन्दा त कुनै पनि राष्ट्र संसारमै गरिव रहेन भन्ने महशुस भएको थियो तर पनि राष्ट्रहरु त गरिवै छन । नेपाल पनि उक्त सम्मेलनमा भाग लिन गएको थियो । उक्त सम्मेलनमा गरिवी निवारण सुशासन र आर्थिक विकासका वारेमा विभिन्न तौर तरिकावाट परिक्षण गरिएको थियो । नेपालको पालो आयो । मन्त्रालयका कर्मचारीहरुको खेस्राका वुदाहरु मन्त्रिले स्पष्टसंग वोल्न थाले । उहाँको भाषणमा कार्यक्रमको शुभकामना र जोगिले भन्ने ुअलोकु भाषा जस्तै तपाईहरुले हामीलाई सहयोग नगरे हामी केही गर्न सक्दैनौ भन्ने थियो । हाम्रो उद्देश्यनै यहाँहरुको सहयोग थाप्नु हो भन्नु भयो । अन्तमा धन्यवाद । अनि भाषण सकियो । ताली पटक्यो । तर कार्यक्रमको उद्देश्य चाँही नेपालीको कुनै उपाय सोच र स्रोत साधनको प्रयोग जान्न अन्य मुलुकले पाएनन् । कुनै पनि उपाय नेपाली टोलीले दिएनन । किनकी नेपालका अधिकाशं नेता पत्राकार गैहसरकारी संस्थाहरुले धेरै नेपाली जनताको लागि काम गर्न जानेन खाली आफ्नै परिवार आफन्त र आफ्नै मान्छेको लागि काम गर्न माथि पुगेका थिए । उनीहरुसंग त्यस्तो भिजननै थिएन त्यसैले नेपालमा ९५% नेपाली गरिवीको रेखामुनी रहे । केहीले प्रयास गरेपनि जेनतेन चलिरहेका छन् तर राम्रा मान्छेले कहिल्यै साथ पाएनन्

उक्त सम्मेलनमा समूह समूहमा विभिन्न प्रयासको खोजि भयो । विभिन्न समूहले नयाँ नयाँ उपाय खोजे तर नेपाली समूहले भने कति धेरै सहयोग पाउन सकिन्छ भिख वटुल्नमै ध्यान केन्द्रित गरे । उनीहरुले दिएको उपाय कहिल्यै पनि नेपालमा आएर प्रयोग गरेनन न आफूले गरे न जनतालाईनै सिकाए । बाँदरले न आफूले घर वनाउछ वरु अरुको घर पनि भत्काउछ भने जस्तै राष्ट्रको ढुकुटी सिधाएर संसार घुमिरहन्छन तर देशले उनीहरुवाट नयाँ नयाँ उपाय पाउनै सक्दैनन् अल्टो उक्त देशको चर्पामा दिशा गर्ने ठाउँनै भेटाउदैनन् ।

एउटा मनोवैज्ञानिक र व्यवहारिक टेष्ट पनि उक्त सम्मेलनमा गरिएको थियो । धेरैले आ-आफ्नो कला तथा कार्य प्रस्तुत गरे । नेपालको पालो आयो । नेपालवाट गएका सवै टोलीलाई एउटा ठूलो खाल्डोमा राखियो र भनियो तपाईहरुको आइडिया लगाउनुहोस र यो खाल्डोवाट १५ मिनेट भित्र वाहिर निस्कनुहोस । समय शुरु भयो । एक्लाएक्लै वाहिर आउन खोजे । तर सकेनन् । एउटाले जुक्ति लगाएर वाहिर आउन खोज्छ त अर्काले खुट्टा तानेर जानैदिदैन् । अर्कोले पनि पहल गर्छ उसलाई पनि सवै मिलेर खुट्टा तान्न थाल्छन । नेपालीको कुनै पनि सदस्यको मत नमिलेर खुट्टा तानातानमै समय सिधियो तर कोही वाहिर आउनै सकेनन् । नेपालीले आफ्नो कौशल देखाउन सकेनन् । नेपालीको मिलेर एकले अर्कालाई सहयोग गर्ने वानीनै छैन जानेन् पनि । जापानीजको पालो आयो र उनीहरुको पनि सवै टिमलाई उही खाल्डोमा राखियो । उनीहरुको पनि समय सुरु भयो । एउटा सवै भन्दा वलियोले भन्यो मेरो जिउमाथि एउटा सदस्य चढन आउ उसको माथि अर्कालाई त्यसैगरी चढायो । एवं रितले सवै चढे र माथिको व्यक्तिले सवैलाई तानेर १० मिनेट भित्र सवै वाहिर आउन समर्थ भए ।

त्यहाँका पत्रकार तथा बद्धिजिवीले नेपाली टोलीलाई सोधे किन एउटा सानो खाल्डोमा पनि खुट्टा तानातान गरेर वसेको तत्काल नेपाली टोलीले जवाफ दिए हामी कहिल्यै पनि पूरा अवधि वर्ष काम गर्ने जानेनौ सकेनौं र सजिलो उपाय जोगि वन्न सिकौं । नेपाली टोलीको सदस्य मध्ये एउटा वाठो व्यक्तिले भन्यो मिलेर गर्नुपर्छ भन्ने जानेको भए तानातान गर्नै प्रर्दैन थियो । हामीलाई त छिमेकी मुलुकले पनि वारवार त्यही पाठ सिकायो । हामीले जे व्यवहारमा गर्दै आएका थियौ त्यही गर् यौं भनेर उत्तर दिए । एक पटक एउटा योजना वनाउने त्यसको कार्यान्वयन गर्न नभाउदै सो योजना खारेज गर्दै मन्त्रालयमा दिन विताउनमै हाम्रो दैनिकी हुन्थ्यो । सदनमा नीति वन्दैनथ्यो खाली संसद भत्ता खाने र वहिष्कार गर्ने थलो हुन्थ्यो । हामीलाई काठमाण्डौको फोहरको थुप्रो फाल्न हुन्न भन्नेकुरा नेताहरुले हामीलाई सिकाउथे । एउटाले फाल्न खोजे अर्कोले फाल्न नदिन वाटो वन्द गर्दथे । त्यसलै हामीले राम्रो काम विगार्न र आफू पनि विर्गन मात्र सिक्यौं त्यसैले यहाँ पनि सो खाल्डोमा हामी नेपाली नेपाली खुट्टा तानातान गर्नुनै पर्छ भन्ने कुरा सिकेको हुदाँ त्यहि गर् यौं । हामीले भिख माग्न वाहेक अरु नजानेको र अरु परिक्षामा हामीलाई समावेश गराएकोले नै हामीले हाम्रो वास्तविक कला यहाँ प्रस्तुत गरेका हौं । कथम कथाचित राम्रो काम गरेको भए देशको सर्वोच्च अदालतले राम्रा काम नगर्नु नगराउनु भनेर आदेश दिन सक्ने भएकोले हामीले त्यही गरेका हौ भनेर जवाफ दिए । चाइनिजहरु गलल्ल हाँसे अनि भने हामी तपाईहरुलाई सहयोग त गछौं तर विकास पनि हामीनै गरेर आउछौ । नत्र त्यो सहयोग पनि सहि ठाँउमा उपयोग नहुन सक्छ भने । जापानिज बुद्धिजिवि तथा पत्रकारले भने तपाईहरुलाई अझै ठेस लागेको रहेनछ । तपाईको देशमा ठूलै विपत्ति नआएसम्म तपाईको वुद्धि फिरने छैन भन्ने कुरा हामीले पाठ सिकौं भनेर भने तैपनि गौतम बुद्धको देश नेपाल भएकोले हामी वर्षेनी हाम्रो सहयोग रहनेछ भनेर आफ्नो भनाई सके । भारतीयहरु भने हाँसो दवाई भित्रै भित्र मक्ख परिरहेका थिए । यिनीहरुलाई नेपाल भित्र मात्र त्यसो गर भनेर सिकाएको त यहाँ पनि त्यहि गरे अव कता हाम्रो कुटनैतिक योजनाको प्रचारप्रसार त हुदैन भनेर भित्रभित्र डराएका थिए । तर नेपाली टोलीले पोल किन खोल्थे र ति मधेयका अधिकाशं सदस्यहरु त नेपाली नागरिकता लिएका भारतीय एजेन्ट थिए । हामीले धेरै अडकल गर्ने प्रदैन । भारतीय राजदूत मन्त्रालय वालुवाटार र नेताका क्वाटरमा दौडहा गरेको देखेर हामी थाकिसकेका थियौं । पशुपतिनाथमा नेपाली पुजारी भन्दा भारतीय पुजारी नै उपयुक्त हुन्छ भनेर नेपालको सवैभन्दा ठूलो प्रजातान्त्रिक पाट्टि हु भन्नेको जुलुस काठमाण्डौ वासीले देखेकै हुन् नेपाली नेताहरु छिटोछिटो विरामी हुने अनि औषधी उपचारको नाममा उही दिल्लीको दौडाहा । नेपालीले पनि जापानीज चर्तिकला त देखे तर कहिल्यै व्यवहारमा लागू गरेनन् । त्यसैले आज पनि संसद भित्र पनि जिन्दावाद र मूर्दावादको नारा घन्काउछन्् । संसद सधै वहिस्कार मात्र हुन्छ । ५ मिनेटमा हुनेकाम हजारौं जनताको रगतमा होली खेलेर दुइ÷तिन दशक पुर् याउछन । सो समयसम्म कोही आधा दर्जन पटक मन्त्री प्रधानमन्त्री तथा जिएम वनिसक्छन् । कोही कर्मचारी समय सकिएपछि पनि अर्कालाई अवसर नदिइ आफै दोहोराई२ घिचिघिची खान्छन् । अदालतका न्यायधिसलाई करोडौ खुवाउछन् । आफू र आ-आफ्नो परिवारलाई जिन्दगी भरको लागि रासन पानी पुर् याउछन यदि नपुगे छिमेकी राष्ट्र छदैछ उसको एजेन्ट वनि भत्ता खाएर फेरी नेपालमा महाफोहरी राजनैतिक जुवा शुरु गर्छन् ।

अन्तमाः भारत वाहेक सवै राष्ट्रका केही प्रतिनिधिले नेपाली टोलीलाई सम्झाउने कोशिस गरे । तर भारतीय नेताहरुले भने आँखा झिम्काउदै नसुन्नु भनेर आदेश गरिरहेका हुन्थे । उनिहरुको सुभाव थियो । मिलीजुली काम गर्ने वानी बसाल्नुहोस् । ठूलाले सानालाई सधै आदर तथा माया गर्नुहोस् । नजान्नेलाई सधै सिकाउनुहोस् । नराम्रो कुरा सोच्दै नसोच्नुहोस् । जे पनि सम्भव छ भनेर साथीभाइलाई सिकाउनुहोस र काम थालिहान्नुहोस् । काम गर्दै जादा अप्ठ्यारा त आइपर्छ तर नछोडनुहोस् । कामले काम सिकाउने भएकोले एकदिन तपाईको राष्ट्र पनि सफल हुनेछ । विना परिश्रम मणि चम्कदैन त्यसैले परिश्रम गर्न नछोडनुहोस सव समस्या सामधान हुन्छ काम गर्न छोडेर विदेशीको पिछलग्गु भएर केही हुदैन यो त जनतालाई झुकाई झुकाई देशलाई गरिव वनाउने र धेरै फोहरी नेता जन्माउने भारतीयको सवैभन्दा सरल सूत्र हो । यसरी देश अगाडि वढन सक्दैन । उता भारतीय मित्रहरु रिसले चुर हुन थाले र भन्नथाले चलेा नेपाली भाईसाव चिसो तातो र हेवी डिनरके लिएत्यसपछि नेपाली टोली जुरुक्क उठे हतार हतार ह्व्स्की लिन थाले । माग्न र खान जानेकाले सुन्न जानॆन अरु टोली दंगदास भए ।

No comments:

Post a Comment